२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चैत ७ बाट एसईई सुरु, यस्तो छ परीक्षा तालिका



काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेबाट सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एसईई तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यो दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुनेछ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा रहेको छ। यही दिन गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इंग्लिस)को परीक्षा हुनेछ।

चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ।
एईई चैत १९ गतेसम्म चल्नेछ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।