५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डोरी’को पोस्टरमा क्रोधित अनुहारभित्र द्वन्द्वको कथा



काठमाडौं
नेपाली चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ ।

विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ । चलचित्रका कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा अनुभवी र नव–प्रवेशी कलाकारहरूको संयोजन रहेको छ, जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय रहेको छ ।

चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।