२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उच्च अदालत पाटनका न्यायाधीशको कार दुर्घटना



काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मी सवार बीएबी ७१४६ नम्बरको कार दुर्घटनामा परेको छ । कार मंगलबार साँझ मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाह खण्डको जंगलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुवै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको कार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते रेग्मीको अवस्था मध्यम छ भने खनालको अवस्था गम्भीर छ । कारमा चालकसहित ५ जना सवार थिए । अन्यको अवस्था सामान्य छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ५२ बजे