२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


  आज काठमाडौंको किर्तीपुरमा भुकम्प दिवस



काठमाडौँ 
आज भुकम्प राष्ट्रिय सुरक्षा दिवस काठमाडौंको किर्तीपुरमा मनाइने भएको छ ।
विहान किर्तीपुरको पाङाबाट सुरु हुने सचेतना ¥याली  किर्तीपुर परिक्रममा गर्ने कार्यक्रम छ ।
अपरान्ह किर्तीपुरकै विपि कोइराला मेमोरियल संग्रालयमा  कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राजधानकिो नयाँ सडकमा विहान भुकम्प सुरक्षा दिवस काठमाडौं महानगरले मनाउदै छ भने ललितपुर महानगरले पाटन दरवार स्क्वायरमा स्मृती दिवस मनाउने तयारी गरेको छ ।
 भुकम्प सचेतनाका लागि सरकारले स्थानीय स्तरमा यो दिवस मनाउने नीति अनुरुप यो बर्ष किर्तीपुसमा भुकम्प दिवस मनाउन लागिएको हो । गएको बर्ष काठमाडौंको चन्द्रागिरीमा यो लिवस मनाइएको थियो ।
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।