एजेन्सी । भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्। गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्याइएको थियो।
अस्पतालका सिओओ डा.निरज उत्तमानीले सैफको जिउमा ६ वटा चोट रहेको बताएका छन्। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरजले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
एउटा चोट घाँटीनजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको उनले बताएका छन्। सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन्। बिहान साढे ५ बजेदेखि उनको उपचार भइरहेको बताइएको छ।
उपचारमै खटिएका एक डाक्टरले सैफको जिउभित्र चक्कुको एक टुक्रा नै भेटिएको बताएका छन्।
प्रतिक्रिया