१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कविता भन्ने नयाँ प्रयोग, चलचित्र ‘दुखी आत्मा’को कविता सार्वजनिक



ललितपुर
बेला बेलामा चलचित्रको टिजर, ट्रेलर र गीत सार्वजनिक भएको सुनिएको देखिएको नै हो । तर चलचित्र ‘दुखी आत्मा’ निर्माण टिमले कविता सार्वजनिक गरेर चलचित्रको प्रचार गरिरहेको छ ।

फागुनको २ गतेबाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’मा समावेश भएको एउटा कविताको अंश भर्खरै युट्युवमा सार्वजनिक गरिएको छ ।

‘माया, तिमी यसलाई एक घटना संझ ।’ शव्द रहेको कविता अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई सुनाइरहेका दृश्य समेटिएको छ ।
च्लचित्रका लागि कवि श्रवण मुकारुङले लेखेका हुन् । यस्तो १० वटा कविताहरु यो चलचित्रमा समावेश रहेको निर्माण पक्षले जानकारी दिएको छ । सार्वजनिक कविताको शिर्षक ‘ब्रेकअप कविता’ दिइएको छ ।
चलचित्रको यो दृश्यले अभिनेता राई कविको भूमिकामा रहेको अड्कलबाजी गर्न थालिएको छ ।

चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन गरेको हुन् ।

चलचित्रमा आँचल र दयाहाङसँगैमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा समेत कविता प्रयोग हुनुलाई नेपाली साहित्यका लागि सुखद मान्न सकिन्छ । कविता भन्ने नयाँ प्रयोगले नेपाली कला र साहित्यमा आर्कषण बढ्ने सम्भावना देखिन्छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।