२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साइबर अपराधको आरोपमा बौद्ध नयाँ बस्तीबाट एक जना पक्राउ



काठमाडौं । साइबर अपराधको आरोपमा प्रहरीले ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर अपराध ब्युरोले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बौद्ध नयाँ बस्तीमा बस्दै आएका सरोज कटवाललाई पक्राउ गरेको हो।

कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितको बहिनीलाई पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो।

यस सम्बन्धमा अनुसन्धान हुँदा कटवालको संलग्नता खुलेपछि पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको ब्युरोले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।