३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाइँदै



काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबिच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नो हर्ज प्लिज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लिज अभियान सुरु गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिए पनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसकेको बताए । भक्तपुरदेखि काठमाडौँसम्म द्रुतबसको सेवा सुरु गरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : ३८ बजे