काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने २७ वर्षीय रोशन माझी छन् ।
बूढानीलकण्ठ नगरपालिका- १३ स्थित नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा उनलाई बिहीबार दिउँसो करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया