काठमाडौं । डा.निकोलश भुषाल फेरि पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका भुषाल फेरि पक्राउ परेका हुन् । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको हिरासतभित्रको तस्वीर खिचेको आरोपमा पुस ७ गते उनी पक्राउ परेका थिए ।
न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुषाल सोही समयकै साइबर अपराधको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि भुषाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
प्रतिक्रिया