१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ऊर्जा मन्त्रीमाथि मन्त्रालयमै हातपात र दुर्व्यवहार



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपातसँगै दुर्व्यवहार भएको खुलासा भएको छ। मन्त्री खड्कामाथि मन्त्रालयमा गत शुक्रबार दुर्व्यवहार भएको हो।
कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो। सुरक्षाकर्मीले ती व्यक्तिलाई समातेका थिए। घटना भएको एक साता भए पनि यसबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा जानकारी दिएका थिए।

यसबारे गृहमन्त्री रमेश लेखकले चासो राख्दै आफूलाई किन जानकारी नगराएको? भन्दै प्रश्न गरेका थिए। लेखकले सोधेपछि मन्त्री खड्काले घटना सामान्य भएको बताए। सिंहदरबार सुरक्षामा खटिएका प्रहरीका अनुसार मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका ५ मुच्चोकका हरि पोखरेल हुन्।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।