५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पिताम्बर चर्चित भारतीय ‘टि सेरिज’ किन्न इच्छुक



ललितपुर
चलचित्र पिताम्बर चर्चित भारतीय चलचित्र कम्पनी ‘टि सेरिज’ले खरिद गर्ने इच्छा देखाएको छ ।
चलचित्र निर्माता विशाल चौलागाईंका अनुसार चलचित्र हिन्दीमा स्वरांकन गरेर खरिद बिक्रिको कुराकानी भइरहेको छ ।
निमाता चौलागाईले ललितखबरसँग भने, ’हामी छलफलमा छौं । कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको छ । सम्भवतः छिट्टै सम्झौता हुन्छ ।

नेपाली चलचित्र भारतीय कम्पनी टिसेरिजले किन्न इच्छा देखाएर छलफलमा बस्नुलाई नेपाली चलचित्रको लागि सुखद भएको निर्माता चौलागाई बताउछन् । उनी भन्छन्, ‘हाम्रो नेपाली चलचित्र उद्योग राम्रा बन्न लागेको हो भन्ने स्प्रष्ट देखिन थालेको छ । टिसेरिजबाट हाम्रो चलचित्र देखाउन सकेको खण्डमा नेपाली चलचित्रको नयाँ अध्याय सुरु हुनेछ ।’
‘टि सेरिज’ झण्डै ४० बर्षअघि भारतीय चर्चित कलाकार गुल्सन कुमारले स्थापना गरेका थिए ।
टि सेरिज मुख्यतयाः बलिउड चलचित्र र संगीतको लागि विख्यात रहेको छ ।

चलचित्र ‘पिताम्बर’नयाँवर्ष २०८२ को सन्दर्भ पारेर आगामी चैत २९ गतेबाट प्रर्दशनको तयारीमा छ ।
चलचित्रमा चर्चित नेपाली कलाकार प्रदिप खड्कालाई एक्सन अवतारमा उतारिएको छ ।
उनीसँगै चलचित्रमा नेपाली चलचित्रमा जमेका कलाकारहरु अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झालगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्देशन निर्देशक कृषा चौलागाईले गरेकी हुन् । निर्माता विशाल चौलागाईको लगानी रहेको चलचित्रको टिजर सार्वजनिक भएसँगै चर्चा पछिल्लो समय चुलिएको छ ।

चलचित्र ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छिन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् ।

 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।