३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आउँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दियो, आगलागीबाट चालकको मृत्यु



काठमाडौं । लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक मोटर साइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको जलेर मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी भएको थियो । उक्त आगलागीमा परि चालकको जलेर मृत्यु भएको हो ।
दोलखाबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक ठक्कर दिएको थियो ।
मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलमा आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।