४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


५० हजार धरौटीमा रिहा भए निकोलस भुसाल



काठमाडौं । डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् । भुसाल विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध)को कसुरमा बिहीबार पक्राउ परेका थिए । शुक्रबार (आज) उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गराएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : ३१ बजे