२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वरिष्ठ अधिवक्तामाथि कुटपिटको आरोपमा टीकाथलीका ललितकुमार केसी पक्राउ



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीमाथि कुटपिटको आरोपमा ललितपुर बस्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार माघ २ गते पौने ४ बजेको समयमा काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा त्रिपाठीमाथि कुटपिट भएको थियो। अदालतको दक्षिण गेटअगाडिको सडकखण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिले हुलहुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई त्रिपाठीलाई उद्धार गरिएको थियो।

त्रिपाठीलाई सुरक्षित स्थानमा राखी आक्रमण गर्ने व्यक्तिहरूमध्ये दोलखा जिल्ला तामाकोसी गाँउपालिका वडा नं १ स्थायी ठेगाना भई हाल ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं ५ टीकाथली बस्ने वर्ष ४८ का ललितकुमार केसीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको पनि प्रहरीले बताएको छ। बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जाहेरवालाको तर्फबाट बहस गरेर बाहिरिएपछि त्रिपाठीलाई रवि लामिछानेका समर्थकले हातपात गरेका थिए।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।