१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण हुँदै



काठमाडौं
चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरिएको छ । घोषित चलचित्रको निर्देशक हिमाल न्यौपाने रहेका छन् ।

यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनचलचित्रको मुख्य विषयबस्तु रहने निर्माण पक्षले जानकारी दिएको छ ।

उनले यसअघि केही वृत्तचित्र र लघु चलचित्र निर्देशन गरिसकेका निर्देशक न्यौपानेको यो चलचित्र ‘जनै हराएको बाहुन’ भने पहिलो व्यावसायिक चलचित्र हो ।

चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।