६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोबीखोला करिडोरमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइयो



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन शुरु गरेको छ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलयनजिक रहेका भवन भत्काउन शुरु गरेको हो। भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ। त्यस क्रममा स्थानीयहरुले केहीबेर अवरोधसमेत गरेका थिए।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ। धोबीखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : २५ बजे