८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


खेम सेन्चुरीलाई शिव परियारको सुझाव ‘अरू जस्तो बन्ने प्रयास नगर्नु’



काठमाडौं । गायक शिव परियारले आफूलाई छोडेर अरू जस्तो बन्ने प्रयास नगर्न खेम सेन्चुरीलाई सुझाएका छन् । भ्वाइस अफ नेपालमा जर्जको रुपमा बर्जर बजाउने सिलसिलामा उनले खुट्टाले बर्जर थिचेको विषय सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि परियारले यस्तो सुझाव दिएका हुन् । खुट्टाले बर्जर थिच्ने नक्कल उनले अरू कसैबाट गरेको परियारको धारणा छ ।

‘खेम भाइ भिडियो हेर्दा अलिकति अस्वाभाविक चैँ मलाई पनि लाग्यो है । भविष्यमा आफूलाई छोडेर अरू कोही जस्तो बन्ने चेष्टा नगर्नु’, परियाले सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘मौलिक खेम सेन्चुरी नै नेपाली लोकसंगीतलाई प्रिय अनि आवश्यक छ । आफूलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्रायः नकारात्मक अवस्थाहरु भोग्नुपर्ने हुन्छ । भाइ जत्तिको कलाकारले आगामी दिनमा बिचार गर्नुपर्छ ।’

परियारले सङ्गीतमा केही बखेडा हुने बित्तिकै जात, धर्म, वर्गमाथि प्रहार हुने भन्दै प्रहार रोकिनुपर्ने धारणा समेत राखेका छन् ।

‘मैले पढेको सङ्गीतको शास्त्रमा सङ्गीतको कुनै जात, धर्म, वर्ग, रङ्ग र भूगोल हुँदैन भनेर नै लेखिएको छ । म त्यही शास्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु’, उनले अगाडि भनेका छन् ‘तर मेरो देशमा सङ्गीतकर्मी कलाकारको केहि बखेडा आउनसाथ सुरुमा जात र वर्गमा नै प्रहार गर्ने गरिएको छ । यस पटक कलाकार खेम सेन्चुरी भाइको हकमा पनि यस्तै भयो । परियारले सामाजिक सञ्जालमा जात भनेर गाली गर्नेहरू सङ्गीतका श्रोता नभएर जातका श्रोता र हिमायती भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : २३ बजे