काठमाडौं । राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले मंगलबार राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो । पार्टीको चुनाव चिन्ह ग्यास सिलिण्डर दिइएको आयोगले जनाएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ ।
गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ । पार्टीको दल दर्ता नम्बर २०१ कायम भएको छ ।
स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्वान्त बमोजिम पार्टी आगाडि बढ्ने अध्यक्ष महताले बताए ।
प्रतिक्रिया