९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन



एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए

ढोरपाटन (बागलुङ)
पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ ।
शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत जानु भएको थियो । मिर्गाैला प्रत्यारोपण असफल भएपछि उहाँको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिएका छन् ।

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए । विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित रहेका शर्मा त्यही बेला उनी राज्यमन्त्री भएका थिए ।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए । हाल उनी कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याईपुग्ने अध्यक्ष गौतमले बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : ४१ बजे