५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाभोज’को पोखराबाट छायाङ्कन सुरु



चलचित्रमा अभिनेता आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय हेर्न पाइने भएको छ

काठमाडौं
नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । मङ्गलवारदेखि पोखराको घाचोकमा यसको छायाङ्कन सुरु भएको निर्माण पक्षले जानकारी दिएको छे ।
अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले चलचित्रको पहिलो शट दिएका छन् ।
चलचित्रमा अभिनेता आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय हेर्न पाइने भएको छ ।
यस चलचित्रलाई हिमाल कडरियाले निर्माण गरिरहेका छन् ।
चलचित्र कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।
निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको हुन् ।
गत साता काठमाडौंमा क्यामेरा तथा चलचित्रको स्क्रिप्ट पूजा गरिएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।