१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


के गर्दैछन् चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का सफल निर्देशक सरोज पौडेल ?



तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ

ललितपुर
पछिल्लो समय चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बक्सअफिसमा सफल बन्यो । चलचित्रले ४० देखि ५० करोड ग्रस कलेक्सन गरेको चर्चा छ । विदेशमा पनि चलचित्रले राम्रै रकम व्यापार गरेको चलचित्र निर्माता बताउछन् ।
यद्यपी चलचित्रका कलाकारहरुको कामको चर्चा धेरै भयो । चलचित्र सफल भए पनि निर्देशक सरोज पौडेलको कामको चर्चा भएको सुनिएन ।
उनी निर्देशक पौडेल पछिल्लो समय चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेर कलाकारहरु अनुबन्धको प्रबन्धको काम गरिरहेका छन् ।
निर्देशक पौडेलको यो चलचित्रमा को–को कलाकार छन् भन्ने कुराको कौतुहल चलचित्र क्षेत्रमा चर्चा सुरु भइरहेको छ ।
अभिनेत्रीहरु सुरक्षा पन्त,नीति शाहसँगै आर्यन सिक्देल र प्रवीण खतिवडा चलचित्रमा अटाएका छन् ।
उनको चलचित्र ‘कोशेढुंगा’ सामाजिक कथामा आधारित रहने बताइएको छ ।
“चलचित्र कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”
चलचित्रको फागुन २ गतेदेखि छायांकन हुने उनले बताएका छन् । चलचित्र २०८२ प्रर्दशन गर्ने तयारीका साथ काम सुरु भएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहने यस चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।
कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ ।
यो चलचित्रको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।