ललितपुर
नेपाली दर्शकहरुले आउदो माघ २५ गतेबाट एउटा फरक विधाको चलचित्रको स्वाद लिन पाउने भएका छन् । डरलाग्दो विधा(हरर जनरा)मा बनेको चलचित्र ’ममी’को भर्खरै सार्वजनिक ट्रेलर हेर्दा नेपाली चलचित्र क्षेत्रमा अर्को फरक चलचित्र प्रर्दशनको तयारीमा रहेको बुझिन्छ ।
ट्रेलरमा अभिनेत्री प्रियंका कार्की र सुलक्षण भारतीको दृश्यहरु समेटिएका छन् । अध्यारो प्रकाशकाबीच रगतले तत्पतिएको भित्तो शव र कालो विरालोको दृश्यले डर पैदा गर्न सहयोग गरेको छ ।
१ मिनेट ५७ सेकेण्डको ट्रेलरमा अनकण्टार जंगल र घरभित्रको कथा रहेको संकेत दिइएको छ ।
ट्रेलर हेर्दै दर्शकलाई डर पैदा गर्ने यस चलचित्रले थप कौतुहलता पैदा गरेको छ ।
च्लचित्रको निर्देशक समर निरौला रहेका छन् । ेत्री प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्ट लगायत कलाकारहरूको अभिनय छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मको लेखन निर्देशक निरौला र पूर्णिमा जोशीले लेखेका हुन्।
प्रतिक्रिया