९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


५२.३६ अंक बढ्यो सेयर बजार



काठमाडौं । बुधबार नेप्से परिसूचक ५२.३६ अंक बढेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्से, आज ५२ अंक बढेको हो ।
नेप्से परिसूचक बढेसँगै २६६५.४५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९० हजार ६९६ पटकको कारोबारमा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको यस दिन ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भयो ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ४५ बजे