७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शहीद सप्ताह शुरु, शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण



काठमाडौं । सहिदहरूको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ। विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए। सोही दिनको स्मरण गर्दै उनको टेकुस्थित सालिकमा माला र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्। तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ। टेकुस्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पणपछि काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन्।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।