काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार ११.१० अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार जम्मा ९ अर्ब २० करोडको कारोबार भएकोमा आज घटेर ७ अर्ब ८५ करोड पुगेको छ ।
आज ८६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने सुपरमादी हाइड्रोपावर कम्पनी र मन्दकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले नै घटेको छ ।
समूहगत रुपमा विकास बैंक समूहको मूल्य ०.८३ प्रतिशतले बढेको छ भने उत्पादन समूहको मूल्य स्थिर छ । आज बैंकिङको मूल्य ०.६१, फाइनान्स २.४३, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.०१, लगानी ०.७९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूहको मूल्य ०.२३ प्रतिशत घटेको छ ।
प्रतिक्रिया