१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जुना’को विरहको गीत ‘आमाको माँया’ सार्वजनिक



ललितखबर
यही माघ २५ गतेबाट देशभरका प्रर्दशन सुरु हुने चलचित्र ‘जुना’को विरहको गीत ‘आमाको माँया’ सार्वजनिक गरिएको छ ।
गीतको केन्द्रमा कलाकार अस्मिता ढकाल देखिन्छिन् । पराई घर पुगेपछि भोग्नु पर्ने कष्टपूर्ण अवस्था गीतमा चित्रण गरिएको छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्र जीवन सेञ्चुरीले निर्देशन गरेका हुन् ।

गीतमा प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताल लगायतलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।

निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताएका छन् । ‘‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र रहेको उनले बताएका छन् ।

चलचित्रले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने उनले बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ। चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।

यो चलचित्रपूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतलाई देखाइएको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : ५८ बजे