१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आगलागीपछि तीन घर जलेर नष्ट



गोरखा
गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आज साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् ।
खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताएका छन् ।

आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिएका छन् ।

त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।