११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अमेरिकी डलरको भाउ बढ्यो, बजारमा मूल्यबृद्धिको चिन्ता



नेपालमा बस्ने उपभोक्ताका कारण डलरको मूल्य बढ्दा घाटा पर्ने गरेको छ भने विदेशमा काम गर्न जानहरुलाई डलरको मूल्य बढ्दा नाफा हुन्छ

काठमाडौँ
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य पुनः बढेको छ । आजका लागि बैंकले जारी गरेको डलरको निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर एक सय ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
अमेरिकी डलरको मूल्य बढ्दा नेपाली बजार भाउ बढ्ने गरेको छ । आयातमा आधारित नेपाली अर्थतन्त्र अमेरिकी डलरको भाउ बढेपछि प्रभावमा पर्ने गरेको. छ । नेपालमा बस्ने उपभोक्ताका कारण डलरको मूल्य बढ्दा घाटा पर्ने गरेको छ भने विदेशमा काम गर्न जानहरुलाई डलरको मूल्य बढ्दा नाफा हुन्छ ।
निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ८२ पैसा र बिक्रीदर आठ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १२ रूपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २७ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रूपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १९ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ०८ बजे