५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आजबाट प्रदर्शन सुरु



ललितपुर
आज शुक्रबारदेखि देशभरका चलचित्र भवनमा ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शन सुरु भएको छ ।
मुकिन, उजेलीजस्ता टेलिसिरियलका सफल निर्देशक दीपेन्द्र गौचनको लेखन र निर्देशनमा याने चलचित्र निर्माण गरिएको हो ।
चलचित्रमा अभिनेता नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेम कहानी हेर्न पाइनेछ । सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको चलचित्रमा अभिनय रहेको छ ।

अनौठो घटनाबीच अपहरणमा परेकी युवती हराउदा आउँने उतार चढावलाई चलचित्रको विषयबस्तु बनाइएको छ । चलचित्रमा अभिनेता नाजिर र श्रृष्टिको झण्डै ९८ प्रतिशत दृष्य रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन रहेका छन् भने एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले चलचित्रको वितरण अधिकार लिएका छन् ।

अमर महर्जनको सिनेमेट्रोग्राफी रहेको चलचित्र निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, र राजीव कर्णको कोरियोग्राफी छ ।

गतबुधबार ललितपुरको एक चलचित्र भवनमा भव्य प्रिमियरमा सयौं कलाकार र शुभेच्छुकले चलचित्रको सकारात्मक प्रतिकृया दिएका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।