७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको लुभुमा योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटियो



काठमाडौं । भक्तपुर र ललितपुरकाे सिमानास्थित ललितपरको लुभुमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ। महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे। उक्त ठाउँमा घर बनाउने प्रयाेजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएकाे स्थानीय प्रकाश थापाले जानकारी दिए।

उनले साे शिवलिङ्ग आफ्नो घरमा सुरक्षित राखेको बताए। अक्षर उत्कीर्ण शिवलिङ्गकाे ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्ट सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाकाे टाेली उक्त स्थानमा पुगेका थिए।

टाेलीले उक्त शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग याेगनरेन्द्र मल्लकालीन भएकाे पत्ता लागेकाे हाे। उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, याेगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, लुवु, माघ शुक्ल लगायतका अक्षर फेला परेका छन्।

साे शिवलिङ्गकाे गाेलाई १२ इन्च, जलद्राेणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेकाे छ। केही भाग चाेइटिएकाे कारण अध्ययनमा केही कठिनाइ भएकाे बताइएको छ। शिवलिङ्गमा रहेकाे अभिलेखकाे लिप्यान्तरपछि थप तथ्य खुल्ने टाेलीले जनाएको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।