काठमाडौं
चलचित्र ‘एक्टरः टेक वन’ प्रर्दशनपछि अभिनेता प्रदिप खड्का जापान र अमेरिका जाने भएका छन् ।
जापान र अमेरिका प्रर्दशनको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका हुन् । नेपाल प्रर्दशनपछि माघ १६ पछि उनी त्यसतर्फ जाने तयारीमा छन् ।
यही माघ १६ गते प्रर्दशन हुने नेपाली चलचित्र ‘एक्टरः टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ प्रर्दशन हुने भएको छ ।
राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक भएको पाँच दिनभित्र नै यसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ ।
ट्रेलर हेरेका दर्शकहरूबाट चलचित्रको कथा, प्रस्तुति, र अभिनेता÷अभिनेत्रीहरूको अभिनयप्रति अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षको दाबी छ ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका हुन् ।
प्रतिक्रिया