५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेलमा फर्निचर उद्योगमा आगलागी, महिलाको मृत्यु



काठमाडौं । धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङस्थित फर्निचरमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ । श्यामसुन्दर फर्निचर एण्ड काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागी हुँदा काठमाडौं शंखरापुर नगरपालिका १ नाङलेभारेकी ७० वर्षिय टिकादेवी दङगालको जलेर मृत्यु भएको हो । उनका श्रीमान ७३ वर्षिया तोयानाथ दङगाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । तोयानाथ फर्निचरका कामदार हुन्।

प्रहरीका अनुसार शुक्रबार बेलुका नौ बजे आगलागी भएकोमा बिहान पौने २ बजे नियन्त्रणमा आएको हो। पाँच वटा दमकलको मद्दतमा सुरक्षा निकायले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीमा ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।