१३ माघ २०८१, आइतबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौमा बढ्यो विपदको घटना



धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५०,विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ घटना भएका छन्
काठमाडौं
काठमाडौं महानगर क्षेत्रमा गतबर्षभन्दा विपतको घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।
काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेको हो । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको महानगरले जनाएको छ ।
महानगर विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् ।
त्यसैगरी विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिएका छन् । उनका अनुसार महानगर क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन महानगरले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिएका छन् ।
गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको महानगरको ठहर छ ।
त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिण्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ । विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ । कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ ।
महानगरले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइ राइजर जडानको काम तीव्र रूपमा अघि बढाएको छ ।
महानगरको वडा नम्बर ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडाहरूमा आवश्यकताअनुसार उक्त प्रविधि जडान भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ०४ बजे