१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिसिङ : केटी हराएको सुचना समिक्षा’ : अनौठो कथामा रुचिकर चलचित्र



 

 

निर्देशकको मिडियम भनेर पञ्छन त कलाकारले मिल्छ होला तर बर्षैअघिदेखि एउटै अभिनयशैली र हाउभाउ देखाएर चलचित्रमा अनुहार बेच्न पल्केका कलाकार नै नचिन्ने निर्देशकको खुबीको चर्चा गर्नु जरुरी हुन्न होला

चापागाँउ
शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘मिसिङ : केटी हराएको सुचना’ प्रर्दशन सुरु भएको छ । मधेश अपहरण र फिरौतीजस्ता विविध घटनाका कारण बदनाम छ । मधेशी मुलको युवक अनि अपहरणको दृश्य ट्रेलरमा समेटेर सार्वजनिक गरिएसँगै दर्शकमा चलचित्रप्रति रुचि जागेको थियो ।
कथासार


पुराना टेलिचलचित्रका निर्देशक दिपेन्द्र गौचलले निर्देशन गरेको यस चलचित्र प्रेमकथामा आधारित छ । चलचित्र ‘केटी हराएको सुचना’ अपहरणजस्तो सनसनीपूर्ण क्राइमलाई समेटिएको छ । नेपाली वालवालिकाहरुलाई मुमिन जस्तो ‘कार्टुन चलचित्र’ र ‘उजेली’जस्तो टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका निर्देशक दिपेन्द्र गौचनले ‘केटी हराएको सुचना’लाई फरक ढंगबाट पस्केका छन् ।


अपहरणमा परेकी सिता र रामविलासको डेटिङ एपमार्फतको भेट अनि आउने विभिन्न उतार चढावपछि चलचित्रको उठान रोचक ढंगबाट अघि बढेको छ । चलचित्रको अन्त्य पनि निर्देशक गौचनले तार्र्किक निश्कर्षमा पु¥याएका छन् ।
सवल पक्ष

चलचित्रले दर्शकमा सुरु भएसँगै रुचि जगाँउछ । चलचित्रको कथाबस्तु र घटनाक्रममा कारण दर्शक आधाघण्टासम्म मन्त्रमुग्ध भएर हेर्छन् । चलचित्रमा मधेश संस्कृति समेटिएको छ । यहाँका कला र रहनसहनलाई कलात्मक ढंगले देखाइएको छ । चलचित्रको अन्त्यमा पनि रोचक छ । अर्कोतर्फ कथाकारले चलचित्रका पात्रहरु विन्दास छानेका छन् ।
रामबरण सनकमा चल्ने अनौंठो चरित्र अनि सिता विवाहदेखि वाक्क दिक्क पात्र । दुबैको चरित्र फरक अनि स्प्रष्ट रुपमा चलचित्रमा छछल्किएको छ ।
चलचित्रमा टंक किस प्रयोग गरिएको छ । यद्यपी टंककिस छायाँमा नपरेको भए झन् राम्रो देखिन्थ्यो । तराई र पहाडलाई जोड्न पहाडी मुलकी युवती सिता र तराई मुलका रामवरणबीचको रोमाञ्सले चलचित्रमा नयाँ रंग भरेको छ ।

 

निर्देशक दिपेन्द्र गौचनले चलचित्रको एक कार्यक्रममा भनेका थिए, ‘म चलचित्र आफ्नो कथा भन्न बनाउछु । दर्शकलाई मन पर्छ या पर्दैन थाहा छैन ।’ उनको भनाई मान्ने हो भने निर्देशक गौचनले लहडमा चलचित्र निर्माण गरेका हुन्

कमजोरी
अक्सर लामा चलचित्र हेर्न दर्शकलाई उकुसमुकुस हुन्छ । झण्डै तीन घण्टाको चलचित्र रंगेली हेर्ने दर्शकले बेचैनी खुलेरै प्रकट गरेका थिए ।
सामान्य नेपाली चलचित्र २ घण्टा १० देखि १५ मिनेटमा टुंगिन्छ । तर शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र दुई घण्टा ४० मिनेट लामो रहेको पाइयो ।
चलचित्र सुरु हुँदै गर्दा लाग्यो– दुई घण्टा ४० मिनेटसम्म के यस्तो रुचिकर विषय होला र ? चलचित्र सुरु हुँदै गर्दा थाहा भयो । अपहरणमा परेकी युवतीको कष्टकर कथा रहेछ । अपहरणको परिस्थिती पनि उत्तिकै रुचिकर । अनौठो कथा मज्जा आयो ।
जब जब कथा अघि बढ्दै गयो । उत्ति नै दिक्कलाग्दो । एउटै कोठामा घण्टौंसम्म राम र सिताको गल्फती । यही कुरा उही दृश्य ।
निर्देशकले भन्न खोजेको कुरा नै हराएको छ । चरीत्रहरुको पट्यारलाग्दो अभिनयले कुन बेला सिट छोडेर निस्किन मन लाग्छ । अनि अर्को कुरा खै त हल्ला गरेको जस्तो ?
चलचित्रमा अभिनेता नाजिर र श्रृष्टिबीच लामा लामा संवाद छन् । परालको कुन्युमा र घरको कोठामा लामो बेतुकको संवाद छ । एउटै फ्रेममा एउटै दृश्यमा अडिएर धेरै हेर्न कठीन हुन्छ ।


चलचित्रमा तराईको कला र संस्कृतीको बखान विना प्रसंग घुसाइएको छ । तराई आन्दोलनजस्तो राजनीतिक विषय र अधिकारको प्रश्न चलचित्रमा जर्वजस्ती घुसाईएको छ । होलीजस्तो सास्कृतिक पर्वमा गाँजा खाएको दृश्य बेतुक लाग्छ । यस्ता दृश्यले कतै लागू औषधको प्रर्बधन त हुँदैन भन्ने प्रश्न दर्शकको मनमा उव्जिन्छ ।

 

चलचित्र हेर्दा यस्तो लाग्छ,‘अब उठेर हिडिदिउ । बरु निदाउ’

नाजिर र श्रृष्टिबीच रोमान्सका दृश्यमा केमेष्ट्रि मिलेको छैन । नाजिरको सदावाहार लवज र श्रृष्टिको पुरानै अभिनयशैली हेर्दा हेर्दा दर्शक हैरान हुन्छन् ।
चलचित्रको कथा पनि लथालिंग छ । छोरी सिता हराएको घटनामा परिवार बेखबर छ । घरमा छोरीको खोजी भइरहेको छ । छोरी बरालिएकी छे । छोराको उस्तै हाल छ । चलचित्र हेर्दा कथाले बाटो विराएको दर्शकले बुझेर पनि हेर्न बाध्य छन् । चलचित्र हेर्दा यस्तो लाग्छ,‘अब उठेर हिडिदिउ । बरु निदाउ’
निर्देशक दिपेन्द्र गौचन
निर्देशक दिपेन्द्र गौचनले चलचित्रको एक कार्यक्रममा भनेका थिए, ‘म चलचित्र आफ्नो कथा भन्न बनाउछु । दर्शकलाई मन पर्छ या पर्दैन थाहा छैन ।’ उनको भनाई मान्ने हो भने निर्देशक गौचनले लहडमा चलचित्र निर्माण गरेका हुन् ।
चलचित्र प्रर्दशनमा आएपछि अब यो निर्देशक वा निर्माताको सम्पती रहेन । यो सार्वजनिक बस्तुको रुपमा चर्चा र परिचर्चा हुने नै भयो ।
चलचित्रको ट्रेलरलगायत सामाग्री सार्वजनिक भएसँगै निर्देशक गौचनको क्षमताको पनि चर्चा भएकै हो । उनको चलचित्रमा रुचिकर विषय हुनसक्ने धेरैको अनुमान थियो । तर चलचित्रमा उनको खास निर्देशकीय क्षमता भन्दा पनि लहडमा चलचित्र निर्माण गरेको सही सावित भयो । चलचित्रमा उनको खास निर्देशकीय क्षमता देखिएको छैन । चलचित्रको निर्देशन कथासँगै हराएको छ । चलचित्र आफैमा रुमल्लिएको छ ।


नाजिर हुसेन
तराई मुलको युवकको भूमिकामा देखिएका अभिनेता नाजिरको अभिनयशैली पनि उस्तै पुरानो छ । जुन दर्शकले पहिलेदेखि नै हेर्दै आएका हुन् । चलचित्रमा चरित्र निर्माण र फरक अभिनय कौशल प्रस्तुत गर्न नाजिर खप्पिस छैनन् भन्ने उनको यो भूमिकाबाट पनि प्रष्टै भएको छ । चलचित्रमा उनले पुरानै अभिनयशैली पस्केका छन् । कयाँ केही छैन ।

 

अभिनेत्री श्रृष्टि श्रेष्ठको अभिनयको हिसावले यो चलचित्र उल्येखनीय छैन । उनले चलचित्रको आफ्नो भूमिका दमदार बनाउन फरक चरित्र निर्माणमा समय खर्चेकी छैनन्

श्रृष्टि श्रेष्ठ
अभिनेत्री श्रृष्टि श्रेष्ठको अभिनयको हिसावले यो चलचित्र उल्येखनीय छैन । उनले चलचित्रको आफ्नो भूमिका दमदार बनाउन फरक चरित्र निर्माणमा समय खर्चेकी छैनन् । उनलाई निर्देशक र कथाकाले कलात्मक प्रस्तुती पस्कन यथेष्ट समय दिए पनि उनको अभिनयमा जादु छैन ।
उस्तै पुरानो हाउभाउ र शैलीले उनको अभिनय भुत्ते सावित भएको छ । श्रृष्टिको झुर अभिनयको कारण नाजिरसँगको केमेष्ट्री मिलेको देखिन्न ।
प्राविधिक पक्ष
चलचित्रका लामा लामा दृश्य एउटै ठाँउमा खिच्नु परेकोले हुन सक्छ चलचित्रको सिनेमेट्रोग्राफर अमरले आफ्नो क्षमता देखाउने ठाँउ पाएका छैनन् । चलचित्रको विजिएम आवश्यकताभन्दा ठूलो सुनिन्छ । निमेश श्रेष्ठले चलचित्रको ठिकठाक सम्पादन गरेका छन् ।
अन्तमा,
निर्देशकको सही भिजन र कलाकारको कास्ट कति महत्वपूर्ण हुन्छ भन्ने केटी हराएको सूचनाबाट बुझ्न सकिन्छ । बबाल ट्रेलर चलचित्र भवनमा प्रर्दशनको बेला किन हल खाली हुन्छ ? यसको जवाफ चलचित्र हेरेपछि उत्तर भेटिन्छ ।
चलचित्रमा कथाकारले जसरी विन्दास युवक र मायाँ प्रेम अनि विवाहदेखि वाक्कदिक्क यवतीको कथा पस्कन खोजेका छन् । पर्दामा कलाकारहरुले स्प्रष्ट रुपमा चरित्र चित्रण गर्न नजान्दा फिक्का बनेको छ । चलचित्रलाई निर्देशकको मिडियम भनेर पञ्छन त कलाकारले मिल्छ होला तर बर्षैअघिदेखि एउटै अभिनयशैली र हाउभाउ देखाएर चलचित्रमा अनुहार बेच्न पल्केका कलाकार नै नचिन्ने निर्देशकको खुबीको चर्चा गर्नु जरुरी हुन्न होला ।
‘राम्रो भनु कि नराम्रो’ चलचित्रको सबै कथासार टे«लरमा देखाइएको रहेछ । चलचित्रमा हेर्न बाँकी रुचिकर विषय केही थिएन । थियो त केवल लामा लामा दिक्दार लाग्ने संवाद । चलचित्रको ट्रेलरमै हिन्दी चलचित्रको पोस्टर राखेर मुर्ख काम गरेको निर्माण पक्षले चलचित्र कस्तो बनाए होलान् ? सबै हेर्न हलमै जानु राम्रो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ५० बजे