१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’डोरी’को पोस्टरको केन्द्रमा अभिनेत्री अञ्जना बराइली



पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई परम्परागत पोसाक ढल्केर मुस्कानसहित देखाइएको छ

काठमाडौं
पछिल्लो पुस्ताकी चल्तीमा आएकी अभिनेत्री हुन् अञ्जना बराइली । चलचित्र पुर्ण बहादुरको सारंगी ब्लकबस्टर सावित भएपछि उनको माग चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ ।
चैत्र १५ देखि देशभरका प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर अभिनेत्री बराइली केन्द्रमा देखिएकी छिन् ।
पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई परम्परागत पोसाक ढल्केर मुस्कानसहित देखाइएको छ । चलचित्रको पोस्टरले उनको भूमिका शसक्त रहेको संकेत गरेको छ ।
पोस्टरमा कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापा अटाएका छन् ।

पोस्टरमा हास्यव्यङ्ग्य र अत्यन्त आक्रोशित मुद्रामा समावेस भएकोले चलचित्रमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको बुझ्न कठीन पर्दैन ।

चलचित्र ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् ।
‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डितले लेखेका हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावतको रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।