काठमाडौं
गोदावरी नगरपालिकाले नगरबासीको आँखा उपचारका लागि ४ हजार १ तिरिदिने भएको छ ।
गोदावरी नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । सम्झौता अनुसार २०० शल्यक्रियाको मूल्य साझेदारी स्वरूप प्रति बिरामी रु ८,२००(अक्षेरूपी आठ हजार दुई सय मात्र) मध्ये ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने र बाँकी रकम बिरामीले व्यहोर्ने जनाइएको छ ।
नगरपालिकाकाभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाको सिफारिसमा लाग्ने चश्माको मूल्यमा ७० प्रतिशत नगरपालिकाले र ३० प्रतिशत व्यहोर्ने गरी साथै विपन्न तथा असहाय
व्यक्तिहरूको (दलित, एकल महिला, अपांग र अशक्त बिरामी) आवश्यकता अनुसार औषधिमा नगरपालिकाले ७० प्रतिशत र बिरामीले ३० प्रतिशत रकम व्यहोर्नुपर्नेछ।
प्रतिक्रिया