चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को सक्सेसफुल पार्टीमा आमा सरस्वती मूभिजका निर्माता दिपकराज गिरी,दिपाश्री निरौला र निर्मल शर्मा औपचारिक कार्यक्रममा सहभागी भएरै बधाई दिए
ललितखबर
नेपाली चलचित्र क्षेत्रका लागि अनौठो घटना नै मान्नुपर्छ । आज चलचित्र पूर्णबहादुरको सारंगीले सर्वाधिक रेकर्ड बनाउदै केही समयअघि करिव १७ करोड बक्सअफिस कलेक्सन गरेको छक्का पञ्चा ४ लाई पछि पा¥यो । आफैंले बनाएको चलचित्रको रेकर्ड तोडेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को सक्सेसफुल पार्टीमा आमा सरस्वती मूभिजका निर्माता दिपकराज गिरी,दिपाश्री निरौला र निर्मल शर्मा औपचारिक कार्यक्रममा सहभागी भएरै बधाई दिएका छन् ।
निर्माता तथा कलाकार गिरीले सफलताको केक काट्ने क्रममा हाम्रो रेकर्ड तोडेकोमा बधाई भन्दै ताली बजाए ।
उता अर्का हास्य कलाकार जितु नेपाल पनि हातमा बुकी बोकेर कार्यक्रमस्थलमा पुगेका थिए । चलचित्र ८८ औं दिनसम्म निरन्तर हलमा चलिरहेको र करिव ७५ करोड ग्रस कलेक्सन गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा चलचित्र निर्माणमा योगदान दिनेहरुलाई प्रमाणपत्र र नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सहभागी हरेक निम्तालुलाई खादा लगाएर स्वागत गरिएको थियो । औपचारिक कार्यक्रमपछि भव्य रात्रीभोजको आयोजना गरिएको थियो ।
कार्यक्रममा चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र पूर्ण बहादुरको सारंगीको सफलतापछि नेपाली चलचित्र क्षेत्र चलायमान भएको भन्दै खुशी व्यक्त गरे । अभिनेता विजय बरालले सबै टिमको योगदानका कारण चलचित्र सफल बनेका विचार व्यक्त गरे ।
कार्यक्रममा चलचित्र रोल नं. १ र पूर्ण बहादुरको सारंगी निर्माणको घोषणा गरिएको थियो भने निर्माण कम्पनी सेभेन सिज सिनेमा को लोगो अनावरण गरिएको थियो ।
प्रतिक्रिया