१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्टर : टेक वन’ अदालती झमेलामा फस्यो



ललितखबर
चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा आएर चलचित्र ‘एक्टर : टेक वन’ अदालती झमेलामा फसेको छ ।
‘एक्टर’ चलचित्रका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले ‘एक्टर : टेक वन’ नाम जुधाएर चलचित्र निर्माण गरेको र आफेनो चलचित्रलाई क्षति पु¥याएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दर्ता गराएका छन् । चलचित्र ‘एक्टर : टेक वन’ यही माघ १६ गते सहिद दिवसको सन्दर्भ पारेर प्रर्दशनको तयारीमा छ ।
प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको छ । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ ।
चलचित्रको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छलेर नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।
चलचित्र ‘एक्टर : टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्दै रिद दायर गरिएको छ ।
दुबै पक्षलाई छलफलका लागि यही माघ १५ गते अदालतमा बोलाइएको छ । यद्यपी चलचित्रको निर्माण पक्षले रोकिने छाँटकाट देखाएको छैन । भोली सोमबार माघ १४ गते राजधानीको एक चलचित्र भवनमा प्रिमियरको आयोजना गरेर निर्माण पक्षले निम्ता बाँडेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : ४३ बजे