५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनै हराएको बाहुन’को हिरो बन्दै अभिनेता विजय बराल



‘जनै हराएको बाहुन’ चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परेर बरालले चलचित्रमा जोडिएको

काठमाडौं
चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । चलचित्रका निर्देशक हिमाल न्यौपानेले बराललाई मुख्य भूमिका(हिरो) को लागि बराललाई अनुबन्ध गरिएको हो ।

बरालले ‘जनै हराएको बाहुन’ चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परेर चलचित्रमा जोडिएको प्रतिक्रिया दिए । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको चलचित्र ’पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालको पछिल्लो समयमा चर्चा बढेको छ ।

चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।