काठमाडौं । कैलालीे मोहन्याल गाउँपालिका–७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गर्दा घाइते भएकी छन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।
बिकलाई अहिले उपचारको लागि लम्की ल्याइएको छ ।
प्रतिक्रिया