१५ माघ २०८१, मंगलबार | Wed Jan 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी रंगशालाको बागमतीका अर्थ र खेलकुदमन्त्रीद्वारा अवलोकन



अवलोकपछि अर्थमन्त्री काफ्लेले फुटवल मैदान निर्माणका पक्षमा बागमती प्रदेश सरकारले मात्र होइन् एन्फा, संघीय सरकारको पनि सहयोग रहेको बताए । उनले यो योजना बागमती सरकारको प्राथमिकतामा रहेको बताए ।

ललित खबर

ललितपुर । ललितपुर गोदावरी नगरपालिका वडा नं. १०, झालुटारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको बाग्मती प्रदेशका अर्थमन्त्री कुन्दन राज काफ्ले र युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा मन्त्रीद्वयले रंगशालाको विकास, सम्भावना, र आवश्यक पूर्वाधारबारे चासो प्रकट गर्दै यसको प्रभावकारी निर्माण तथा उपयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

अवलोकपछि अर्थमन्त्री काफ्लेले फुटवल मैदान निर्माणका पक्षमा बागमती प्रदेश सरकारले मात्र होइन् एन्फा, संघीय सरकारको पनि सहयोग रहेको बताए । उनले यो योजना बागमती सरकारको प्राथमिकतामा रहेको बताए ।

सो क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो मेरो क्षेत्रभित्र पनि पर्ने भएका कारण यसलाई बागमती प्रदेश सरकारले नजिकबाट गर्नेछ ।’ यसको कार्यसम्पादन गर्ने काम मेयरले गर्नुपर्ने उनले बताए । अनुगमनका क्रममा नगरप्रमुख गजेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

झ्यालुण्टार सामुदायिक वन क्षेत्रमा केन्द्र सरकारको अनुमती नलिई निर्माण गरिएको सो रंगशालामामा गतवर्ष खेल खेलाउन कठीन भएपछि च्यासल रंगशालामा फाइनल खेल खेलाइएको थियो । भर्खरै मन्त्रीपरिषद बैठकबाट रंगशाला निर्माणका लागि नगरपालिकालाई जग्गा दिने औपचारिक निर्णय गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  २ : ०२ बजे