काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौँको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्योगी व्यवसायीहरूको सुझावको आधारमा भएको पनि बताए ।
‘यसका लागि केवल हामीलाई कम्युनिष्ट आन्दोलनले मा हामीलाई प्रेरित गरेको होइन । हामी कम्युनिष्ट भएको हुनाले काम गरौँ भन्ने लागेको मात्र होइन । हाम्रो देशको अर्थतन्त्र र उद्योगी व्यवसायीहरूको सुझाव तथा गाउँघरमा देखिरहेको बाझोपन देखेर यो व्यापार केन्द्र स्थापना गरिएको हो । हामीले हाम्रा अग्रजहरूको समेत सुझावको आधारमा यो एउटा उपयुक्त माध्यम हुन सक्छ भन्ने लागेको हो,’ उनले भने
प्रतिक्रिया