ललितपुर
मुटुको टुक्राजस्ती आफ्नी छोरीलाई पराई घर पठाएपछि उनको भोगेको चित्कार समेटिएको चलचित्र ‘जुना ः एक ब्यथा’ को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
राजधानीको बानेश्वरस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक सो ट्रेलरमा वाल विवाहपछि एउटी वालिकाले भोग्नु परेको दुःखद कथा समेटिएको छ ।
बर्षैअघिको परिभेषलाई चलचित्रको पर्दामा उतारिएको उक्त चलचित्रको टे«लरमा वालिकालाई जर्वजस्ती विवाहपछि वालमनोविज्ञानमा परेको असर देखाइएको छ । ट्रेलरमा क्रुर विभेदको बर्बरता पनि प्रस्तुत गरिएको छ । छोरीको कर्म हारेको कर्मका कारण यस्तो भएको होला जस्ता संवाद ट्रेलरमा अटाएको छ । जुन संवादले दर्शकको मन भारी बनाउछ ।
वाल कलाकार अस्मिता ढकालको जिवन्त अभिनय रहेको चलचित्रमा कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय हेर्न सकिन्छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा दिपकप्रसाद घिमिरेले चलचित्रको निर्माण गरेका हुन् भने जीवन सेन्चुरीले चलचित्रको निर्देशन गरेका छन् । चलचित्रको स्क्रिप्ट राजबहादुर सानेले लेखेका हुन्
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जुना ः एक ब्यथा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।
निर्देशक सेञ्चुरीले पत्रकार सम्मेलनमा बालविवाह सामाजिक अपराध रहेको र यसलाई अन्त्य गर्नुपर्ने सन्देशसहित चलचित्र निर्माण गरिएको बताएका छन् ।
सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्न सरकारले लिएको लक्ष्यलाई फिल्मले सघाउने उनले बताए । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा,
चलचित्र बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत छ भने रामेश्वर हुमागाईंले चलचित्र खिचेका छन् ।
चलचित्र माघ २५ गतेबाट देशभर प्रदर्शनको तयारीमा छ ।








प्रतिक्रिया