२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा भारतीय नागरिक मृत फेला



काठमाडौं । काठमाडौंबाट धनुषाको सीमावर्ती क्षेत्र जटही जाँदै गरेको बसमा एकजना यात्री मृत फेला परेका छन्। भारतको बिहार राज्य जिल्ला मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव बसमा मृत फेला परेको प्रहरीले जनाएका छन्।

मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा मिथिला नगरपालिकाको ढल्केवरमा उनी मृत फेला परेका हुन्। सिटमै यादव मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। बस प्रहरीको नियन्त्रणमा रहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन्।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।