१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा १८ गते शीर्ष नेताहरूले सम्बोधन गर्ने, प्रस्तावित मितिमा हेरफेर



काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ । आज सभामुख देवराज घिमिरेले राखेको बैठकमा हिजो पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘कार्यसूची त्यही हुन्छन् । १८ गतेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ । अध्यादेश पनि त्यही दिनमा पेस हुन्छ । निर्णयार्थ २४ गते ल्याउँछौँ । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुन्छन् ।’

संसद र समितिको प्रभावकारिता बढाउनको लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुने भन्दै बर्तौलाले उनले संसदमा कोरम पुर्‍याउने कुरामा सत्तापक्ष सचेत रहेको बताए ।

सभामुखले पेश गरेको केही कार्ययोजना परिमार्जनसहित पारित गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । आफूहरूले अध्यादेशको विषयमा पनि कुरा उठाएको उनले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।