ललितपुर
भक्तपुरमा भव्य प्रिमियर आयोजना गरेर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोकिएको छ ।
काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरिम अन्तरिम आदेश जारी गरेको हो ।
मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले चलचित्र प्रदर्शन गर्न तत्कालका लागि रोकेको हो ।
आउँदो माघ २२ गते दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ । अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’
आइतबार काठमाडौं जिल्ला अदालतमा गतमाघ ४ गतदेखिे प्रदर्शन भइरहेको चलचित्र ‘एक्टर’को तर्फबाट कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टका सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर ः टेक वन’ निर्माण गरिएको दाबीसहित चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
यस अघि पनि एक्टर चलचित्रका निर्माण पक्षले एउटै नाम र चलचित्रको कथाबस्तुबारे भ्रम परेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थिए । त्यस बखत आफूहरु वार्तामा आएर समस्या समाधान गर्न खोज्दा ‘एक्टर ः टेक वान’को निर्माण पक्षले अटेर गरेको दाबी गरेका थिए । उता एक्टर ः टेक वानको निर्माण पक्षले पनि विषयबस्तु र नाम नै फरक रहेको कारण छलफलको औचित्य नरहेको बताएका थिए ।
चलचित्रमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेतलगायत कलाकारहरुको अभिनय छ ।
थमन भण्डारीको निर्माण रहेको यस चलचित्रको पछिल्लो समय चर्चासँगै दर्शकमा चासो बढेको थियो । चलचित्र प्रर्दशन रोकिदा हल र निर्मातालाई आर्थिक क्षति पुगेको छ ।
मल्टीप्लेक्सहरुले चलचित्रको बुकिङ खुलाएपछिअन्तरिम आदेश आएपछि दर्शकले तिरको टिकट बिक्रीको पैसा फिर्ता गर्नुपर्ने भएको छ ।








प्रतिक्रिया