६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नाबालिका बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य लामा कारागार चलान



काठमाडौं । नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको मंगलबारको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

उनी पक्राउ परेपछि पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।