हामीले पटक पटक एक्टर टेक वानका निर्माण पक्षलाई आफूहरुलाई अन्याय भयो । वार्ता गरेर समस्या समाधान गरौं भन्यौं । तर उहाँहरुले मान्नु भएन
ललितखबर
काठमाडौं जिल्ला अदातलले चलचित्र ‘एक्टर : टेक वान’ प्रर्दशनमा रोक लगाएपछि चलचित्र क्षेत्रमा तरंग ल्याएको छ ।
चलचित्र निर्माणको क्रममा दम्भ घमण्ड र शक्तिको आडमा अघि बढ्न रोज्दा हुने परिणाम निर्माण पक्षले भोगेको छ ।
गतमाघ ४ गतेबाट प्रर्दशनमा आएको चलचित्र एक्टरका निर्माण पक्षले पत्रकार सम्मेलन आयोजना गरेर नाम जुधाएर चलचित्र निर्माण गरेको विषयमा असन्तुष्टि जनाउदै वार्ताको लागि आफूहरु तयार रहेको जानकारी दिएको थियो । चलचित्र निर्माता मनोहरी थापाले पत्रकार सम्मेलनमा भनेका थिए, ‘हामीले पटक पटक एक्टर टेक वानका निर्माण पक्षलाई आफूहरुलाई अन्याय भयो । वार्ता गरेर समस्या समाधान गरौं भन्यौं । तर उहाँहरुले मान्नु भएन ।’
चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरी भने उस्तै नाम चाहिए पर्यावाची नाम रोज्न सुझाउछन् । उनले सामाजिक सञ्जाल मार्फत एक्टरको मुद्दाको पक्षमा खुलेका छन् ।
चलचित्र निर्माण गर्ने ईजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । ईजाजत पाईसकेपछी निर्माण कम्पनीले बिनाकुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछी प्रदर्शन गर्न कसैले रोक्न मिल्दैन
चलचित्र निर्देशक तथा निर्माता निश्छल बस्नेत भने नाम नै एउटै भएको कुरा हो भने दर्ता गर्ने बिकास बोर्ड जवाफदेही हुनुपर्ने तर्क गर्छन् । उनी सामाजिक सञ्जालमार्फत अदालतको आदेश विरुद्ध लेख्छन्,‘चलचित्र निर्माण गर्ने ईजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । ईजाजत पाईसकेपछी निर्माण कम्पनीले बिनाकुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछी प्रदर्शन गर्न कसैले रोक्न मिल्दैन ।’
उनी पश्न गर्छन्,‘समस्यानै भएको हो भने ईजाजत दिने अध्यक्षलाई स्पस्टिकरण र मुद्दा लाग्नुपर्ने बिकास बोर्डलाई हो कि चलचित्रलाई ?’
चलचित्र निमात्री तथा निर्देशक कृषा चौलागाई पनि चलचित्रविरुद्ध मुद्दाा दर्ता गरिएको विषयसँग असहमती राख्छिन् । उनले चलचित्रको विषयबस्तु र लगानी निर्माताको रहेको कारण त्यो नामको विषय घमण्ड मात्रै रहेको तर्क गर्छिन् । उनी निर्माता थमनकुमार भण्डरीको एक्टर : टेक वानको पक्षमा खुलेकी छिन् ।
गएको कार्तिक १५ गतेबाट चलचित्र प्रर्दशन गर्ने घोषणा गरिएको भए पनि पोष्ट प्रोडक्सनलगायतको काम नसकिएको भन्दै निर्माण पक्षते माध १६ गतेबाट प्रर्दशन सुचारु गर्ने घोषणा गर्दै प्रदृशन मिती सारेको थियो । सोही समयमा चलचित्र पूर्ण बहादुरको सारंगी प्रर्दशन सुरु भएको थियो । जुन हालसम्म पनि केही चलचित्र भवनमा प्रर्दशनरत छ ।
निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर ः टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ
भक्तपुरमा भव्य प्रिमियर आयोजना गरेर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोकिएको हो ।
काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरिम अन्तरिम आदेश जारी गरेको हो ।
मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले चलचित्र प्रदर्शन गर्न तत्कालका लागि रोकेको हो ।
आउँदो माघ २२ गते दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ । अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर ः टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’
आइतबार काठमाडौं जिल्ला अदालतमा गतमाघ ४ गतदेखिे प्रदर्शन भइरहेको चलचित्र ‘एक्टर’को तर्फबाट कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टका सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर ः टेक वन’ निर्माण गरिएको दाबीसहित चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
यस अघि पनि एक्टर चलचित्रका निर्माण पक्षले एउटै नाम र चलचित्रको कथाबस्तुबारे भ्रम परेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थिए । त्यस बखत आफूहरु वार्तामा आएर समस्या समाधान गर्न खोज्दा ‘एक्टर ः टेक वान’को निर्माण पक्षले अटेर गरेको दाबी गरेका थिए । उता एक्टर : टेक वानको निर्माण पक्षले पनि विषयबस्तु र नाम नै फरक रहेको कारण छलफलको औचित्य नरहेको बताएका थिए ।
चलचित्रमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेतलगायत कलाकारहरुको अभिनय छ ।
थमन भण्डारीको निर्माण रहेको यस चलचित्रको पछिल्लो समय चर्चासँगै दर्शकमा चासो बढेको थियो । चलचित्र प्रर्दशन रोकिदा हल र निर्मातालाई आर्थिक क्षति पुगेको छ ।
मल्टीप्लेक्सहरुले चलचित्रको बुकिङ खुलाएपछिअन्तरिम आदेश आएपछि दर्शकले तिरको टिकट बिक्रीको पैसा फिर्ता गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया