५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा खाद्य पदार्थमा रंगको प्रयोग मापदण्ड अनुरूप मात्र गर्न पाउने



काठमाडौं । खाद्य पदार्थमा रंगको प्रयोग मापदण्ड अनुरूप मात्र गर्न पाउने भएको छ। काठमाडौं महानगरपालिका एक सूचना जारी गर्दै खाद्य पदार्थमा रंगको प्रयोग मापदण्ड अनुरूप मात्र गर्न/गराउन भनेको हो।

परम्परागत एवं व्यवसायिक तवरबाट मिठाई उत्पादन र प्रशोधन तथा बिक्री वितरण गरी आउनुभएका सम्पूर्ण व्यवसायीहरूको ध्यानाकर्षणका लागि यो सूचना सम्प्रेषण गरिएको छ। यदाकदा जेरी/लड्डु लगायत मिठाई तथा अन्य खाद्य पदार्थमा राम्रो देखाउने प्रतिस्पर्धाबाट हालिएको रंगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको समाचारले सबैको ध्यानाकर्षण भएको छ।

यसरी रंगको मापदण्ड पूरा नगरी प्रयोग गरेको अवस्था नआओस् भनी काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०(३), (थ) र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ९ बमोजिम प्रशोधित खाद्य पदार्थ र मिठाई उत्पादक र बिक्रेताले प्रचलित कानुनले तोकेको मापदण्ड पालना गरेकै हुनु पर्दछ ।

आफ्नो मिठाई खाद्य व्यवसायलाई थप मर्यादित र स्वच्छ राख्नु सम्बन्धित व्यवसायीहरूको मूल कर्तव्य पनि हो। तसर्थ, सोही बमोजिम गर्न/गराउन आम उपभोक्ता, व्यवसायी एवं सरोकारवालाहरूमा यसै सूचनामार्फत आह्वान गरिन्छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।